Kathmandu Press

नेप्से परिसूचक १६ दशमलव ६७ अंकले घट्यो

आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अंकले घटेको छ।
नेप्से परिसूचक १६ दशमलव ६७ अंकले घट्यो

काठमाडाैं, चैत २० : यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ। 

आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अंकले घटेको छ। नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर  रू ९२ करोड दुई लाख ४९ हजारमा  कारोबार भएको छ। 
 
आज व्यापार समूह २५ दशमलव २२ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अंकले घटेको छ।

Hardik ivf

आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अंकले घटेको छ। 

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अंकले घटेको छ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्