Kathmandu Press

यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

साना, चैत १९ : यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ ।

शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भउको थियो । 

Hardik ivf

बर्षाका कारण बजार, घर र पसलहरू डुबानमा परेका छन् ।    केही मुख्य सडक र सुरुङका प्रवेशद्वारहरू बन्द गरिएका छन् । 

युनेस्कोको सम्पदा क्षेत्र सानाको पुरानो शहरभित्र र बाहिर शनिबार अबेरसम्म पनि अल–तहरीर स्क्वायर, बाब–अल–यमन र अल–सईलाहमा पानीको सतह घट्न सकेको छैन । 

स्थानीयबासिन्दाले आफ्ना सामानको उद्धार गर्ने क्रममा आफ्नो भुईंतल्ला र पसलबाट पानी र फोहोर सफा गर्न संघर्ष गरिरहेका देखिन्थे ।   

यमनको राष्ट्रिय मौसम सेवाले वर्षायाम सुरु भएसँगै वर्षामा वृद्धि हुने अनुमान गर्दै विभिन्न प्रान्तका लागि आकस्मिक बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।

गत वर्षायाममा सानामा कम्तीमा १० वटा अग्ला भवन भत्किएका थिए भने पुरानो सहरमा दर्जनौं भवनमा भारी वर्षाका कारण क्षति पुगेको थियो ।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्