मकर जितुमाया सुरी हाइड्रोपावरकाे आइपिओ बिक्री आजबाट खुला
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका आइपिओ निष्कासन गरिसकेको छ।काठमाडौं, चैत १९ : मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (आइतबार) बाट आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका आइपिओ निष्कासन गरिसकेको छ।
कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासनमा ल्याएकोमा १० प्रतिशत (७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानीयलाई र निष्काशन गरेको हो।
३ प्रतिशत (८० हजार ७० कित्ता सेयर) सामूहिक लगानी कोषका योजनाहरुको लागि र २ (३२ हजार २८ कित्ता सेयर) कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासनमा ल्याएको हो।
हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुवै ७६ करोड रुपैयाँ रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ७ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनपछि चुक्ता पूँजी ६० करोड ८० लाख रुपैयाँ पुगेको छ।
सर्वसाधारणका लागि १५ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ पुग्नेछ। आइपिओमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार पर्याप्त आवेदन नपरे २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेकम्पनीले जनाएको छ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी सिडिएससीले सञ्चालन गरिरहेको मेरोसेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र प्रत्याभूतिकर्ता सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेका छन्।