अमेरिकाको मधुशाला गोलीकाण्ड : तीन मारिए, एकको अवस्था गम्भीर
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
ह्युस्टन, चैत १९ : संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ। घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन।
प्रकाशित मिति: १२:२७ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












