Kathmandu Press

राजधानी पठाइयो साढे २३ किलो सुन

महेन्द्रनगर, फागुन ४ : कञ्चनपुरका दुई स्थानमा बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन राजधानी पठाइएको छ ।

राजश्व अनुसन्धान विभागले झिकाएपछि राजध....

राजधानी पठाइयो साढे २३ किलो सुन

महेन्द्रनगर, फागुन ४ : कञ्चनपुरका दुई स्थानमा बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन राजधानी पठाइएको छ ।

राजश्व अनुसन्धान विभागले झिकाएपछि राजधानी पठाइएको हो । कञ्चनपुरमा बरामद गरिएको सुन र आरोपीहरुलाई शुक्रबार राजश्व अनुसन्धान विभागको क्षेत्रीय कार्यालय कोहलपुर पठाइएको थियो । केन्द्रमै झिकाइपछि शनिबार राजधानी पठाइएको जनाएको छ ।

Hardik ivf

विभागको क्षेत्रीय कार्यालयका प्रमुख विनोदकुमार दाहालले केन्द्रबाट झिकाइएकाले उतै पठाएको बताए । कञ्चनपुरको पुनरवासबाट १८ किलो र अमरपुरबाट पाँच किलो ६ सय ग्राम सुन बरादम गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले सुन लुकाएको आरोपमा प्रहरी जवान सुरज तिरुवा र उनका दाइ लक्ष्मण तिरुवालाई पनि पक्राउ गरेको छ ।

भारतबाट ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा थप विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: १३:४० बजे, शनिबार, फागुन ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्