पदभार ग्रहणकै दिन अर्थमन्त्री महतले गठन गरे नगद प्रवाह योजना तर्जुमा समिति
अर्थमन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ।
काठमाडौं, चैत १७ : अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेलगत्तै नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन्।
अर्थमन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ।
मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु समितिका सदस्य रहने जनाइएको छ।
सो समितिले सरकारी कोषको अध्ययन गरी सरकारका लागि आवश्यक सुझाव दिनेछ।
प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार