Kathmandu Press

इन्दोर मन्दिर दुर्घटना : ३६ जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ। राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। 
इन्दोर मन्दिर दुर्घटना : ३६ जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इन्दोर, (मध्यप्रदेश) चैत १७ : रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ। इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ। राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। 

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए। भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए। इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन्। 

Hardik ivf

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिउको छ। दुई जना उपचारपछि घर फर्केका छन्। एक जना अझै हराइरहेका छन्। पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो। 

घटनाबारे जानकारी पाउने वित्तिकै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए। उनीहरूले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए। 

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। 

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्