Kathmandu Press

रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे

यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन। सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए।
रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे

इन्दोर, चैत १६ : रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन्। 

यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन। सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए।

भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ। 

इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन्।

मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित घाइतेहरूलाई शीघ्र अस्पताल पु¥याउन मन्दिर परिसरमा एम्बुलेन्सहरू तयारी हालतमा राखिएका छन्। 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, चैत १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्