Kathmandu Press

केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको बीभत्स हत्या

हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्।
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको बीभत्स हत्या

मेरठ (उत्तर प्रदेश), चैत १६ : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन्। हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्। 

हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्। मृतक दम्पतिकी चार छोरीमध्ये जेठी उनले १५ दिन अघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ। 

केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन्। औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटकपटक बञ्चरो प्रहार गरेकी थिइन्। 

अठचालिस वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथता उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशङ्का प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रुपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन्। 

हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ। अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ। निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ।  

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, चैत १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्