Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अंकले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अंकमा समेटिएको छ। 
दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, चैत १६ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अंकले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अंकमा समेटिएको छ। 

सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अंकले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ। 

Hardik ivf

बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ३६, उत्पादन शून्य दशमवल ७९, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बीमा शून्य दशमलव ०१, अन्य एक दशमलव ११ र व्यापार उपसमूह शून्य दशमवल २२ अंकले गिरावट आएको छ। होटल तथा पर्यटन शून्य दशमलव ५० र सामूहिक लागनी कोष शून्य दशमलव ४२ अंकले बढेको छ। 

आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन्। आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ। यस्तै सिटिजन म्युचुअल फण्ड ६ दशमवल ८१, कालिञ्चोक दर्शन लिमिटेड ६ दशमलव ०८, आरएसडिसी लघुवित्त वित्तीय संस्था २ दशमलव ५७ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ४१ प्रतिशतले बढेको छ। 

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ०७, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ८६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड –१ तीन दशमलव ८२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशमलव ७१ र विशाल बजार कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ। कम्पनीको रु पाँच करोड ५८ हजार, हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्