अर्थले तयार पार्याे बजेट कार्यतालिका, विनियोजन विधेयक वैशाख २१ गते संसदमा प्रस्तुत हुने
मन्त्रालयले चैत १५ गतेदेखि जेष्ठ १५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ। चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगले बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका सार्वजनिक भएको छ।काठमाडौं, चैत १६ : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ। जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थालाई सहयोग पुग्नेगरी मन्त्रालयले तालिका सार्वजनिक गरेको हो।
मन्त्रालयले चैत १५ गतेदेखि जेष्ठ १५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ। चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगले बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
यसैगरी चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझवामाथि निकायगत छलफल गरी प्रतिवेदन तयार पार्ने काम अगाडी बढाइने अर्थमन्त्रालयले जनाएको छ। चैत २६ गतेबाट एलमएबिआईएसमा विषयगत मन्त्रालय मार्फत बजेट प्राप्त गर्ने, चैत २६ गते देखि वैशाख २० गतेसम्म मन्त्रालयहरुसँग बजेटको कार्यक्रम र खर्च शीर्षक माथि छलफल हुने तालिका सार्वजनिक गरिएको छ। चैत २६ देखि वैशाख २५ सम्म सरोकारवालासँग बजेटको सुझाव संकलन गर्ने बताइएको छ।
वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण (पहेंलो पुस्तिका) छपाइका लागि पठाउने, बैशाख २१ गतेभित्र विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्ने, बैशाख ३० गते आर्थिक सर्वेक्षण छपाईका लागि पठाउने, जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार पार्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री समक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्य तालिका तय भएको छ।
जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने,जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताव छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तवय, आर्थिक र विनियोजन विधेयकलाई अन्तिमरुप दिने तयारीमा अर्थमन्त्रालय रहेको छ।
जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषदमा बजेटको बिफ्रिङ हुनेछ। सोही दिन बजेटसम्वन्धी विधेयक छपाईका लागि प्रेसमा पठाउने तथा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गर्नेछन्। संवैधानिक व्यवस्थानुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत गर्नेछन्।