Kathmandu Press

अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति आपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ। 
अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

लुइसभिल (केन्टकी), चैत १६ : अमेरिकी सेनाका दुईवटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन्।

नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति आपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ। 

चालक दलका सदस्यको अवस्था अज्ञात छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ।

केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताउनुभएको छ। 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, चैत १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्