तीनधाराबाट असन लगियो सेतो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)
दोस्रो दिन (आज) रथ असनबाट हनुमानढोका लगिन्छ। तेस्रो हनुमानढोकाबाट रथ लग पुर्याएपछि सेतो मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ।
काठमाडौं, चैत १६ : सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ। चैत्र शुक्ल अष्टमीका दिन सुरू हुने जात्राको पहिलो दिन जमलस्थित तीनधारा पाठशाला क्षेत्रबाट तानेर असन ल्याइएको छ।
दोस्रो दिन (आज) रथ असनबाट हनुमानढोका लगिन्छ। तेस्रो हनुमानढोकाबाट रथ लग पुर्याएपछि सेतो मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ। मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ।
मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ। पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथ यात्रा निकाल्ने गरिन्छ।
प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार