एनआईसी एशियाले कमायो ६ महिनामै दुई अर्ब नाफा
काठमाडौं, माघ ७ : एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३६ प्रतिशत नाफा कमाएको छ।
बैंकले दोस्रो त्रैमासिक वित्तीय विवरण माघ ७ गते....

काठमाडौं, माघ ७ : एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३६ प्रतिशत नाफा कमाएको छ।
बैंकले दोस्रो त्रैमासिक वित्तीय विवरण माघ ७ गते सार्वजनिक गर्दै नाफा आर्जन गर्न सफल भएको जनाएको छ। बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँका अनुसार ६ महिनामा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ।
जसमा खुद मुनाफातर्फ वार्षिक बिन्दूगत आधारमा ३३ प्रतिशत अर्थात ५० करोड बृद्धिसहित दुई अर्ब एक करोड खुद मुनाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा एक अर्ब ५१ करोड रहेको थियो।
बैंकले कर्जातर्फ १५ अर्बले बृद्धि गरि एक खबए ६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले बृद्धि गरी एक खर्ब ८६ अर्ब पुर्याएको छ।
बैंकले रणनीतिअनुसार, न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गरि ७२ प्रतिशत कर्जा प्रवाह गरेको छ। त्यस्तै प्राथमिकताका क्षेत्रमा राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रुपले पालना गरेको उनले बताए।
बैंकको उच्चतम १० ग्राहकहरुको कर्जा कुल ऋणको ५ प्रतिशतभन्दा कम छ। निक्षेपतर्फ पनि बैंक विविधिकरणको रणनीति अनुरूप अघि बढिरहेको खनियाको भनाइ छ।
बैंकको कुल निक्षेप ९.४ प्रतिशत छ, जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हो। निक्षेपतर्फको उत्कृष्ट १० ग्राहकको अंश ११ प्रतिशत मात्र छ।
बैंकको प्रति सेयर आय २१ प्रतिशतले बृद्धि गरी ४१.६१ तथा स्वपुँजीमा प्रतिफल २४ प्रतिशतले बृद्धि गरी २५.१७ प्रतिशत पु¥याएको छ।
मुलुकभर तीन सय १३ शाखा कार्यालय, चार सय २६ एटिएम, एक सय तीन एक्सटेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।










-1754206481.jpg)
