Kathmandu Press

जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान

युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्यांक प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन्। गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो।
जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान

वर्लिन, चैत १४ : जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान गरेको छ। युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड-२ ट्यांकको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ। 

युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्यांक प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन्। गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो।

Hardik ivf

'हाम्रा युक्रेनी साथीहरूले ट्यांक प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,' रक्षामन्त्री पिस्टोयिसले भनेका छन्। किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर-२ ट्यांक पनि युक्रेन पुगेका छन्। 

गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो। बेलायतबाट आफूलाई लियोपार्ड-२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर-२ ट्यांक प्राप्त गरेको पुष्टि गरेको छ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर-२ ट्यांक युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्यांक सञ्चालनको तालिम बेलायतमा लिएको बताउनुभएको छ। यद्यपि उहाँले लियोपार्ड-२बारे कुनै जानकारी दिएनन्। 

प्रकाशित मिति: १४:१३ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्