Kathmandu Press

इयु हतियार कोषबाट पोल्याण्डले ३० करोड युरो पाउने

युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो । 
इयु हतियार कोषबाट पोल्याण्डले ३० करोड युरो पाउने

वार्सा, चैत १४ : युरोपेली संघ (इयु) को हतियार कोषबाट पोल्यान्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ।

युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो। 

संघको हतियार कोषबाट देशलाई ३० करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्यांकका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ। हालै वार्साले किएभलाई चारवटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

हालसम्म संघमा आबद्ध कुनै पनि मुलुकले यति ठुलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलब्ध गराएका छैनन्। 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, चैत १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्