सुनको मूल्य प्रतितोला १ हजार घट्यो
अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार एक लाख आठ हजार तोकिएको छ।
काठमाडौं, चैत १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार एक लाख आठ हजार तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५मा आएको छ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: ११:११ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











