Kathmandu Press

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ।
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

साओ पाउलो, ब्राजिल, चैत १३ :  ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।  

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ।

आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए।

स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गरेका छन्। 

एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए। 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, चैत १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्