Kathmandu Press

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

'यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानुनको उल्लंघन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशंका गरिएको छ।'
जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

बेइजिङ, चैत १३ : टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, 'सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफ्ती आपराधिक कदम चालेका छन्।' 

माओले भने, 'यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानुनको उल्लंघन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशंका गरिएको छ।'

उनले भने, 'चीन विधिको शासन भएको देश हो। चीनमा रहेका सबै विदेशी नागरिकले चिनियाँ कानुनको पालना गर्नुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुन्छ।'

जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले सोमबार पत्रकारसँग कुरा गर्दै चीनस्थित टोकियोको दूतावासलाई ‘यसै महिना ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएको’ जानकारी दिइएको बताए। 

उनले पक्राय परेका व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिनुभएन। मात्सुनोले भने, 'हामीले यो घटनाबारे थाहा पाएदेखि नै जापानी सरकारले ती जापानी नागरिकलाई तत्काल रिहा गर्न जोडदार आग्रह गर्दै आएको छ।'

टोकियोले ती व्यक्तिसँग ‘कन्सुलर एक्सेस’को पनि माग गरिरहेको उनले बताए।

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, चैत १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्