अफगानिस्तानमा १८ लडाकूको मृत्यु
काठमाडौं, माघ ७ : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकू मारिएका छन् ।
उनीहरूले अरु १० जनालाई पनि लडाकू नै भएको आशंकामा पक्राउ ....

काठमाडौं, माघ ७ : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकू मारिएका छन् ।
उनीहरूले अरु १० जनालाई पनि लडाकू नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकू घाइते पनि भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकूहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ ।
सोही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकूहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो ।





-1783061799.jpg)






