Kathmandu Press

चकलेट कारखाना विस्फाेट : तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी

उद्धारकर्मीले एक जनालाई जिवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। 
चकलेट कारखाना विस्फाेट : तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी

वासिङ्टन, चैत १२ : गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

उद्धारकर्मीले एक जनालाई जिवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। 

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन्।

आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, चैत १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्