Kathmandu Press

चकलेट कारखानामा विस्फाेट, दुईजनाको मृत्यु

वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 
चकलेट कारखानामा विस्फाेट, दुईजनाको मृत्यु

वासिङ्टन, चैत ११ : पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्। 

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन्।

टेलिभिजनमा देखाइएका तस्बिरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका  देखिन्छन्। विष्फोटको कारण खुलेको छैन। सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन्। 

यसैबीच, टेक्सासको एन्टोनियो शहरमा चल्ने मालबाहक एउटा रेलमा १५ जना आप्रवासीको समूह निसासिएका खबर अज्ञात व्यक्तिबाट पाएपछि सिमा प्रहरीलेरेललाई रोकेर अनुसन्धान गर्दा दुई जनालाई मृत फेला पारिएको तथा बाँकी १३ जनालाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्