Kathmandu Press

ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए

आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ। 
ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए

वासिङ्टन, चैत १० : उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन्।

आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ। 

इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार आक्रमणमा मारिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको हो। अमेरिकी गुप्तचर अधिकारीले उक्त आक्रमण इरानमा निर्मित ड्रोनबाट भएको बताएका छन्।
 
यसैबीच सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा भएको आक्रमणमको प्रतिकारमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ।

रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताउनुभएको छ। 

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, चैत १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्