Kathmandu Press

जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद 

काठमाडौं, माघ ६ : जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई  १२ वर्ष  छ महिना कैद फैसला गरेकोे छ ।

जिल्ला न्याया....

जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद 

काठमाडौं, माघ ६ : जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई  १२ वर्ष  छ महिना कैद फैसला गरेकोे छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो  कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई  एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

Hardik ivf

पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यसैगरी सवारी ज्यान मुद्दाका अभियुक्तलाई न्यायाधीश ढुङ्गेलको इजलासले नौ महिना कैदको फैसला गरेको छ ।

सवारी ज्यान मुद्दामा थुनामा रहेका व्यास नगरपालिका–११ का तुलबहादुर विकलाई सो कैदको फैसला गरेको हो । निजविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: ०७:१२ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्