Kathmandu Press

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा बन्द (सूचीसहित)

नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसमा बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ भने दशैंमा ६ दिन र तिहारमा ५ दिन पनि पूर्ण रुपमा बन्द रहनेछ।
२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा बन्द (सूचीसहित)

काठमाडौं, चैत १० : नेपाल राष्ट्र बैंकले २०८० सालभरिमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ। सूचीअनुसार  २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुनेछ।

नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसमा बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ भने दशैंमा ६ दिन र तिहारमा ५ दिन पनि पूर्ण रुपमा बन्द रहनेछ।

२० दिन भने बैंकहरुले नगद भुक्तानी इसिसी, सार्वजनिक ऋण व्यवस्थापनलगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन्।

Hardik ivf

इन्द्र जात्रा, भोटो जात्रा, गाई जात्रा, घोडे जात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ। फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा सीमित बैंकिङ कारोबार सहित बिदा हुनेछ।

सूची  बैंकिङ कार्यालय खुलने समय पनि उल्लेख गरिएको छ। जसअनुसार वैशाख १ देखि कात्तिक १५ सम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुनेछ। माघ १६ देखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ।

कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ।

Holiday-list-2080-Nepali (1)-page-0011679564597.jpg

Holiday-list-2080-Nepali (1)-page-0021679564625.jpg

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्