Kathmandu Press

साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ। 
साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता

रियाद, चैत ९ : साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा उहाँहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ। 

दुवै देशका विदेशमन्त्री आ–आफ्नो मुलुकमा एकअर्काका दूतावास र वाणिज्य दूतावास पुनः सञ्चालनको खाका तयार  गर्न चाँडै द्विपक्षीय बैठक गर्न सहमत हुनुभएको विज्ञप्तिमा उल्लेख छ। 

इरान र साउदी अरबबीच सात वर्षदेखि चिसिएको एवम् विच्छेद भएको सम्बन्ध चीनको मध्यस्थतामा यसै महिनाको १० तारिखदेखि पुनःस्थापित भएको हो।  

सिया धर्मगुरु निम्र अल–निम्रलाई साउदी अरबले फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरूले सन् २०१६ तेहरानस्थित साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए। उक्त आक्रमणपछि रियादले तेहरानसँगको सम्बन्ध विच्छेद गरेको हो। दुवै क्षेत्रीय प्रतिद्वन्द्वीलाई सहकार्य र साझेदारीको बाटोमा ल्याएर चीनले विश्वव्यापी प्रशंसा पाएको छ। 

चीनको मध्यस्थतामा भएको तेहरान र रियादबीचको सम्झौताले शिया बहुल इरान र मुख्यतया सुन्नी मुस्लिम भएको साउदी अरबले दुई महिनाभित्र आफ्ना दूतावास पुनः खोल्ने तथा २० वर्ष अघि हस्ताक्षर गरिएका सुरक्षा र आर्थिक सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

गत आइतवार एक इरानी अधिकारीले बताएअनुसार राष्ट्रपति इब्राहिम रायसीले राजा सलमानबाट साउदी भ्रमणको निमन्त्रणा प्राप्त भएको छ। यद्यपि रियादले त्यो पुष्टि गर्न बाँकी छ। दुवै देशले शीर्ष कूटनीतिक तहमा बैठक गर्न सहमति जनाउँदै तीन वटा बैठक स्थानबारेसमेत सुझाव दिएका जनाइएको छ। 

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, चैत ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्