Kathmandu Press

मेरिल्यान्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन्। 
मेरिल्यान्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

वासिङ्टन, चैत ९ :  मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन्। 

सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो।

उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ। गम्भीर घाइते भएका चालकलाई अस्पताल पुर्‍याइएको छ। दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ। दुवै मृतक पुरुष हुन्। 

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, चैत ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्