Kathmandu Press

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन्। 
प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

नयाँ दिल्ली, चैत ८ : राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ। 

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन्। 
 
दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन्। उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन्। पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन। दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो। त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन्। 

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, चैत ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्