Kathmandu Press

प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित १० को मृत्यु

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित १० को मृत्यु

इस्लामाबाद, चैत ८ : पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) लक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन्। 

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। द्रुत गतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ। कार पूर्णरूमा जलेको छ। 

Hardik ivf

दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ। नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ। 

आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसीलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए। केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन्। उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए।  उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो।

यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आइएसपीआर०का ब्रिगेडियर मुस्तफा कमल बर्की दक्षिण वजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएका दैनिक अखबार डनले जनाएको छ।  झडमा सात जना सैनिक घाइते भएका छन्।

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्