Kathmandu Press

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन्। 
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

सोल, चैत ८ : उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ। उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो।

परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन्। 

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ। अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ। यो संयुक्त सैन्य अभ्यास भोलिसम्म जारी रहनेछ। 

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन्। उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ। 

यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनाअनुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, चैत ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्