लुम्बिनी विकासका लागि अब सरकारले ‘एक्सन’ लिन्छ : योगेश भट्टराई
काठमाडौं, माघ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’ मा जाने बता....

काठमाडौं, माघ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’ मा जाने बताएका छन्।
लुम्बिनी विकास कोषको आयोजनामा मन्त्रालयमा आइतबार भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा रहेको भन्दै यसको विकास सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
लुम्बिनीको विकास निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने बताउँदै उनले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने बताए।
उनले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम, तिलौराकोट र समग्र लुम्बिनीलाई समेटेर ‘बृहत्तर लुम्बिनी’ का रुपमा विकास गरिने बताए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, योजना विद् डा.महेन्द्र सुब्बा र इन्जिनियरिङ्ग संस्थान पुल्चोकका सहप्राध्यापक डा. सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र पेश गरेका थिए।










