Kathmandu Press

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने चीनको लक्ष्यप्रति अमेरिकाले आलोचना गरेको हो। 
चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

वासिङ्टन, चैत ८ : संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ। उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ। 

मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने चीनको लक्ष्यप्रति अमेरिकाले आलोचना गरेको हो। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन्। उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका छन्। 

युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ। मार्गचितत्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ। 

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताउनुभएको थियो। विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए।  

राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै  बेइजिङले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका  छन्।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, चैत ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्