सगरमाथा जलविद्युत कम्पनीकाे आइपिओ बिक्री खुला
यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आइपिओ बिक्री गरिसकेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक सूचना जारी गरेर आइपिओ खुला भएको जानकारी दिएको हो।काठमाडौं, चैत ८ : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले आज (बुधबार) देखि सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य १०० रुपैयाँ अंकित मूल्यमा कुल ३५ लाख ८१ हजार ७६० कित्ता सेयर आइपिओ बिक्री खुला गरेको हो।
यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आइपिओ बिक्री गरिसकेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक सूचना जारी गरेर आइपिओ खुला भएको जानकारी दिएको हो।
सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरेको छ।
कम्पनीको आइपिओका लागि छिटोमा १२ चैत र उक्त अवधिमा मागअनुसार आवेदन नपरे २२ चैतसम्म समय थप हुने कम्पनीले जनाएको छ। सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले इलाम नगरपालिका, संदकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिका स्थित ९.६ मेगावाट सुपरमाई ‘ए’ जलविद्युत आयोजना जलविद्युत निर्माण गरी उत्पादन गरिरहेको छ।