सुनको मूल्य ताेलामा २ हजार घट्यो
बुधबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रुपैयाँ तोकिएको छ।
काठमाडौं, चैत ८ : सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रुपैयाँ तोकिएको छ।
मंगलबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ८ सय रुपैयाँमा थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ छ।
प्रकाशित मिति: १२:०७ बजे, बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











