शैक्षिक प्रदर्शनीमा बालबालिकाले बनाए रोबर्टदेखि चिल्ड्रेन पार्कसम्म
प्रदर्शनीमा उक्त स्कुलका विद्यार्थीका–अभिभावकसहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी पनि सहभागी भएका थिए।
सुनसरी, चैत ८ : सुनसरीको इटहरीस्थित चिजन्स प्यालेस स्कुलमा शैक्षिक प्रदर्शनी भएको छ। विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिँदै व्यावहारिक ज्ञान प्रदान गर्नका प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए। रहेको थियो । प्रदर्शनीमा उक्त स्कुलका विद्यार्थीका–अभिभावकसहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी पनि सहभागी भएका थिए।
प्रदर्शनीमा विद्यार्थीले तयार गरेका रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरू राखिएको थियो । योसँगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
1679465391.jpg)
यस्तै, पूर्खाहरूले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्रीहरु घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु प्रर्दशीमा राखिएको थियो ।
वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताइन्।
1679465390.jpg)
1679465394.jpg)
1679465395.jpg)
1679465392.jpg)
1679465393.jpg)
1679465391.jpg)
1679465390.jpg)












