Kathmandu Press

शैक्षिक प्रदर्शनीमा बालबालिकाले बनाए रोबर्टदेखि चिल्ड्रेन पार्कसम्म

प्रदर्शनीमा उक्त स्कुलका विद्यार्थीका–अभिभावकसहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी पनि सहभागी भएका थिए।
शैक्षिक प्रदर्शनीमा बालबालिकाले बनाए रोबर्टदेखि चिल्ड्रेन पार्कसम्म

सुनसरी, चैत ८ : सुनसरीको इटहरीस्थित चिजन्स प्यालेस स्कुलमा शैक्षिक प्रदर्शनी भएको छ। विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिँदै व्यावहारिक ज्ञान प्रदान गर्नका प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए। रहेको थियो । प्रदर्शनीमा उक्त स्कुलका विद्यार्थीका–अभिभावकसहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी पनि सहभागी भएका थिए।

प्रदर्शनीमा विद्यार्थीले तयार गरेका रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरू राखिएको थियो । योसँगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

1(4)1679465391.jpg

यस्तै, पूर्खाहरूले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्रीहरु घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु प्रर्दशीमा राखिएको थियो ।

वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताइन्।

4(1)1679465390.jpg

5(1)1679465394.jpg

7(1)1679465395.jpg

3(1)1679465392.jpg

6(1)1679465393.jpg

1(4)1679465391.jpg

2(2)1679465390.jpg

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्