इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु
जाकार्ता, चैत ७ : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा सोमबार दिउँसो उक्त दुर्घटना भएको हो ।
जिल्लाको विपद् न्यूनीकरण एजेन्सीका एरिस नुरजात्मिकोले भारी वर्षाका कारण ती व्यक्तिहरूले नजिकैको अस्थायी पसलमा शरण लिएको बताएका छन् ।
स्थानीय अधिकारीहरूले उक्त क्षेत्रको माटो अझै अस्तव्यस्त भएकाले उक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। वर्षायाममा इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ।
प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१