Kathmandu Press

राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरे। उनले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराए। 
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

काठमाडौं, चैत ६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन्। 

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरे। उनले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराए। 

नेपाल र बेलायतबीच शान्ति तथा मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्का सभामुखलाई प्रमुख अतिथिका रुपमा नेपालमा स्वागत गर्न चाहेकोसमेत उनले बताए। उक्त भेटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी गराए।  

साथै बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागिसमेत राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गरे।

उनले बेलायत सरकारले ब्रिटिस गोर्खाली सेनाका विषय, पर्यटन प्रवद्र्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा सहयोग गर्न आग्रह गरे। सो अवसरमा उनीहरुबीच दुवै देशका सांसदबीच संसदीय अभ्यासको आदानप्रदानका बारेमा समेत छलफल भयो । 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्