उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्विटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन्।
काठमाडौं, चैत ६ : उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन्।
उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्विटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन्।
उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरेका छन्।
यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह लौनचौर पुगेर पदबहाली गरेका हुन्।
प्रकाशित मिति: १५:५२ बजे, सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











