Kathmandu Press

उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

काठमाडौं, चैत ६ : नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिएको राजिनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ।

नवनियुक्त उपराष्ट्रपति यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गरेका छन्।

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्