Kathmandu Press

'प्रचण्ड नेतृत्वकाे सरकार ठिक बाटोमा थियाे, एमाले हाम फालेर भाग्याे'

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा सहभागी हुँदै उनले प्रचण्डले एक्सप्रेस रेल चलाइरहेको र एमालेसहितका दल त्यही रेलमा यात्रा गरिरहेकोमा कांग्रेस आएको देखेपछि उमाले हाम फालेर भागेको उनले बताए।
'प्रचण्ड नेतृत्वकाे सरकार ठिक बाटोमा थियाे, एमाले हाम फालेर भाग्याे'

काठमाडौं, चैत ६ : जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकार सरकार ठिक बाटोमा हिँड्दाहिँड्दै एमालेसहितका राजनीतिक दल हाम फालेर भागेको आरोप लगाए।  

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा सहभागी हुँदै उनले प्रचण्डले एक्सप्रेस रेल चलाइरहेको र एमालेसहितका दल त्यही रेलमा यात्रा गरिरहेकोमा कांग्रेस आएको देखेपछि उमाले हाम फालेर भागेको उनले बताए।

‘प्रचण्डको नेतृत्वमा एक्सप्रेस ट्रेन चलिरहेका थियो। त्यहाँ धेरैजना सवार थिए। कोही एसीमा, कोही सामान्य डब्बामा थिए। जब नेपाली कांग्रेस पनि आयो, त्यो देखेपछि केही दल हाम फालेर भागे,’ एमाले र राप्रपालाई लक्षित गरेर उनले भने। खुला किताब भएकाले प्रचण्डजस्तो साहसिक प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिनुपर्ने उनले बताए।

देशको आर्थिक अवस्था जर्जर बनिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदा एमाले भागेको उनको भनाइ थियो। अहिलेको अर्थतन्त्रको संकटबाट मुलुकलाई जोगाउन सबै दल मिल्नुको विकल्प नभएको यादवको भनाइ थियो। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्