Kathmandu Press

गुण-दोषका आधारमा सरकारको समर्थन-विरोध गर्ने गरी विश्वासको मत दिन तयार भयाैं : डोलप्रसाद अर्याल

दलीय खिचातानी र एकार्काका टिप्पणी र आलोचना छोडेर जनताका काम गर्ने वातावरण निर्माणमा यो सरकार लागोस् भन्ने रास्वपाको चाहना रहेको पनि उनले बताए।
गुण-दोषका आधारमा सरकारको समर्थन-विरोध गर्ने गरी विश्वासको मत दिन तयार भयाैं : डोलप्रसाद अर्याल

काठमाडौं, चैत ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता डोलप्रसाद अर्यालले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन तयार भएको बताएक छन्।

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘‘हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। ‘सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन। नागरिकको मुद्दामा इमान्दारी गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौं।’ दलीय खिचातानी र एकार्काका टिप्पणी र आलोचना छोडेर जनताका काम गर्ने वातावरण निर्माणमा यो सरकार लागोस् भन्ने रास्वपाको चाहना रहेको पनि उनले बताए।

उनले आफूहरुकै जोडबलमा न्यूनमत साझा कार्यक्रम बनेको र त्यसमा आफूहरुका कयौं एजेन्डाहरु समावेश भएको उल्लेख गर्दै उनले सोहस्अनुरूप आम नागरिकका मुद्दा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको उनले बताए। आफ्नो दल संकटमा पर्दा साथ दिएको भन्दै उनले एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद पनि दिए।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्