Kathmandu Press

वैशाख १५/२० तिर फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् : लिङदेन

उनले प्रधानमन्त्रीलाई हाइड्रोजन गाडि दिएको तर स्टार्ट हुनुअगाडि नै हामफालेर भागेको टिप्पणी गरे ।
वैशाख १५/२० तिर फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् : लिङदेन

काठमाडौं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भाग्यमानी प्रधानमन्त्रीका रुपमा व्यंग्य गरेका छन् । 

सोमबार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै लिङ्देनले दुई महिनामै दुईदुई पटक विश्वासको मत लिने मौका पाएका कारण प्रचण्ड भाग्यमानी प्रधानमन्त्री रहेको बताएका हुन् ।

उनले यस्तै रहे वैशाखमा प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताए । ‘वैशाख १५÷२० तिर फेरि यस्तै अवस्था नआओस् । म कामना गर्न चाहन्छु,’ उनले भने । 

उनले प्रधानमन्त्रीलाई हाइड्रोजन गाडि दिएको तर स्टार्ट हुनुअगाडि नै हामफालेर भागेको टिप्पणी गरे । प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको उनले बताए । 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्