Kathmandu Press

‘अहिलेकाे जनमत मिलेर अघि बढ्नू भन्ने हाे, त्यसकारण प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नु गलत हाेइन’

मुलुकमा देखिएका कतिपय चुनौतीलाई परास्त गर्न सहमति खोजिने बताउँदै उनले विगतका कुराहरू पुनरावृत्ति गरेर सहमति नहुने स्पष्ट पारे। ‘इतिहासको सम्मान र रक्षा गर्ने हो। इतिहासमा भएका गल्तीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने हो,’ उनले भने।
‘अहिलेकाे जनमत मिलेर अघि बढ्नू भन्ने हाे, त्यसकारण प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नु गलत हाेइन’

काठमाडौं, चैत ६ : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाली कांग्रेस अहिलेको सदनमा पहिलो पार्टी हो भन्ने हेक्का राख्न एमालेलाई अनुरोध गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमालेलाई लक्षित गरेर भने, ‘नेपाली कांग्रेस संसदको पहिलो दल भनेर तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?’ उनले अगाडि भने, ‘दाेस्राे दललाई सहमति चाहियो, पहिलो दललाई पनि लिएर अघि बढौं भनेर प्रधानमन्त्रीले राखेको कुरा गलत थियो?’ इतिहासको कठघरामा उभिएर जवाफ दिन माओवादी केन्द्र तयार रहेको उनले बताए।

मुलुकमा देखिएका कतिपय चुनौतीलाई परास्त गर्न सहमति खोजिने बताउँदै उनले विगतका कुराहरू पुनरावृत्ति गरेर सहमति नहुने स्पष्ट पारे। ‘इतिहासको सम्मान र रक्षा गर्ने हो। इतिहासमा भएका गल्तीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने हो,’ उनले भने। 

संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम राखेर अधिकार प्रत्यायोजन गरेको स्पष्ट पार्दै उनले भने, ‘विगतमा दुईदुईपटक सम्मानित सदन विघटन भयो, कसका कारणले विघटन भयो? कहाँ कुन धारामा लेखिएको छ? जवाफ दिन सक्नुहुन्छ? गल्तीलाई सर्वोच्च अदालतले सच्याइदिँदा त्यसविरुद्ध बोलेर सांसदहरूले बहादुरी देखाएकाे झैं गरिरहनुभएको छ।’ अहिलेको सदन फेरि निर्वाचित भएर आएको हो भनेर सबैले बुझ्नुपर्ने उनले बताए।  

सबै दललाई लिएर सँगै जानू भन्ने अहिलेको जनमत रहेको उनले बताए। लोकतन्त्रमा विश्वास गर्नेले अहिलेको जनतलाई कदर गर्नुपर्नेमा उनले जोड दिए। कुनै दलले बहुमत नल्याएकाले अहिलेको जनमत भनेकै मिलेर जाने भन्ने हो। राष्ट्रपति–राष्ट्रपतिजस्तो देशको प्रमुख पदमा सहमति गरौं भन्दा प्धानमन्त्री भागेको नभई एमाले भागेको उनले बताए। ‘तपाईंहरू आउनुपथ्र्यो राष्ट्रिय सहमतिमा, राष्ट्रपति–राष्ट्रपति सहमतिमा बनाउन पाएको भए सबै मिलेर देशलाई अगाडि बढाउन सकिन्थ्यो।’ जनमतका आधारमा प्रधानमन्त्री सहमति खोज्नु गलत नहुने उनले बताए।

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्