Kathmandu Press

प्रचण्डलाई विष्णु पौडेलको प्रश्न–  फर्किनुथियो भने पुस १० गते किन बालकोट जानुभएको ? 

‘प्रधानमन्त्रीले एउटा दलसँग गर्नुभएको सहमति राष्ट्रिय सहमति हुने, जुन दलको समर्थनमा उहाँले प्रधानमन्त्रीको हैसियत प्राप्त गर्नुभएको छ, त्यो दलसँगको सहमति चाहीँ सहमति नहुने ?'
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न–  फर्किनुथियो भने पुस १० गते किन बालकोट जानुभएको ? 

काठमाडौं, चैत ६ : नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेसँगको सहमति तोड्नुको कारण सोधेका छन् । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा राखेको विश्वासको प्रस्तावको छलफलमा बोल्दै उपाध्यक्ष पौडेलले मुलुकको प्रधानमन्त्रीले गरेको सहमतिको मूल्य हुने कि नहुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।  

‘प्रधानमन्त्रीले एउटा दलसँग गर्नुभएको सहमति राष्ट्रिय सहमति हुने, जुन दलको समर्थनमा उहाँले प्रधानमन्त्रीको हैसियत प्राप्त गर्नुभएको छ, त्यो दलसँगको सहमति चाहीँ सहमति नहुने ? सहमतिको परिभाषा यही हो ?,’ उनले भने ।

उनले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले गरेको सहमति तोडेर पुरानै समिकरण जानुको कारण इतिहासले बारम्बार सोधिरहने पनि बताए ।  

‘प्रधानमन्त्री बन्नका निम्ति तपाइँले जुन सहमति गर्नुभएको थियो, के त्यस्तो परिस्थिती सिर्जना भयो कि त्यो सहमतिबाट तपाईँ पछि हटेर फेरि यो खालको सहयात्रा आरम्भ गर्दै हुनुहुन्छ ? यो सहयात्रामा जानु थियो भने १० गते बालुवाटारबाट किन निस्केर बालकोट जानुभएको ?,’ उनले भने,‘ तपाईँलाई इतिहासले सोध्छ र बालुवाटारबाट बालकोट किन जानुभयो, बालकोटको समर्थनमा किन प्रधानमन्त्री बन्नुभयो ? र दूई महिना पनि समय वित्दानबित्दै तपाईँ फेरि यो पुरानो समिकरणमा किन फर्किनुभयो ? इतिहासले तपाइँलाई यो प्रश्न सोधिरहन्छ र यो प्रश्नको जवाफ नदिई सुख पाउनुहुन्न ।’  
 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्