Kathmandu Press

एमालेबिनाकाे राष्ट्रिय सहमति खोजिएको हो भने मुलुक द्वन्द्वतर्फ धकेलिन्छ : विष्णु पाैडेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रतिनिधिसभामा विपक्षमा धारणा राख्दै उनले राष्ट्रिय सहमतिको गलत परिभाषातर्फ सदन लाग्न नहुने बताए।
एमालेबिनाकाे राष्ट्रिय सहमति खोजिएको हो भने मुलुक द्वन्द्वतर्फ धकेलिन्छ : विष्णु पाैडेल

काठमाडौं, चैत ६ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसबिनाका राष्ट्रय सहमति खोजिएको हो भने मुलुक द्वन्द्वतर्फ धकेलिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रतिनिधिसभामा विपक्षमा धारणा राख्दै उनले राष्ट्रिय सहमतिको गलत परिभाषातर्फ सदन लाग्न नहुने बताए।

उनले विगतमा सहयात्रीलाई घोक्रयाएर राष्ट्रिय सहमतिको कुरा गर्नु अमिल्दो रहेको पनि उनले बताए। त्यसकारण प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कुनै कारण नदेखिएको उनले स्पष्ट पारे। 

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले एक्लै निर्वाचनमा गएको, बहुमत प्राप्त गर्न नसके पनि जनमतका हिसाबले पहिलो र सिट संख्याका हिसाबले दोस्रो दल बनेको एमालेले प्रतिपक्षमा रहेर सरकारको गुणदोष केलाउने भन्दै आए पनि राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार बनाउन नसक्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेको समर्थन मागेर ससर्त रूपमा प्रधानमन्त्री बनेर अन्ततः सहमति तोडेको बताए। 

आर्थिक समस्याको सार्थक समाधान खोज्नेगरी न्यूनतम साझा कार्यक्रमसहित अगाडि बढिरहेको अवस्थामा पुरानो गठबन्धन निम्त्याउने नाममा एमालेसँगकाे सहयात्रालाई तोडेर नयाँ सहयात्रा गर्नुको कारण के हो भनेर उनले प्रश्न गरे। प्रधानमन्त्रीले आज त्यसको जवाफ नदिए पनि इतिहासमा त्यो रहिरहने र भविष्यमा उत्तर दिनुपर्ने अवस्था आउने उनले बताए।    

पुस १० गते एमालेको सहयोगमा प्रधानमन्त्री बनेर २ महिना पनि नपुग्दै राष्ट्रिय सहमतिका नाममा पुरानै गठबन्धन बनाउनेतिर लाग्दा मुलुक द्वन्द्वतर्फ धकेलिएको उनले बताए। राष्ट्रिय सहमति अरण्य रोदनको विषय नभएको उल्लेख गर्दै उनले सहमति नै गर्ने हो भने त्यस्तै खालको गतिविधि पनि गर्नुपर्नेमा उनले जोड दिए।

एमालेलाई किनारामा राखेर वा एमालेबिनाको राष्ट्रिय सहमति गरेर सम्बन्धलाई कटुतातर्फ धकेल्ने काम प्रधानमन्त्रीबाट भइरहेको उनले बताए। राष्ट्रय सहमतिको यस्तो गलत परिभाषातर्फ सदन लाग्न नहुने जिकिर पनि उनले गरे। जनमतका हिसाबले पहिलो दलमाथि प्रहार गरेर कायम गरिने सहमतिको कुनै अर्थ नहुने बताउँदै उनले राष्ट्रय सहमतिको शब्दलजालमा नफस्न उनले सदनलाई अनुराेध गरे।

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्