Kathmandu Press

मियामी सहरमा हिंसाका घटना बढेपछि निषेधाज्ञा    

सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन्।
मियामी सहरमा हिंसाका घटना बढेपछि निषेधाज्ञा    

वासिङटन, चैत ६ : अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ। सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन्।

आइतबार यहाँ निशेध आज्ञा आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन्।यो आदेश अर्को सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए।त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ। ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ।

 दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, चैत ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्