वडासचिवको रुखबाट खसेर मृत्यु
काभ्रे, माघ ५ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ।
५० वर्षीय....

काभ्रे, माघ ५ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ।
५० वर्षीय सत्याल घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेका थिए। शनिबार रुखबाट खसेका उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए।
उनी लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए।
प्रकाशित मिति: १०:२५ बजे, आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1776239932.jpg)