Kathmandu Press

इक्वेडर भूकम्प : १६ जनाको मृत्यु, ४ सय घाइते

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ। 
इक्वेडर भूकम्प : १६ जनाको मृत्यु, ४ सय घाइते

कुएन्का, चैत ५ :  शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन्। संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ। 

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन्। केही सवारी साधन कुच्चिएका छन्। कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए। एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ। भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ। 

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन्। भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ। भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुुस गरिएको थियो।

प्रकाशित मिति: १५:१० बजे, आइतबार, चैत ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्