Kathmandu Press

घानामा डुंगा दुर्घटना पाँचको मृत्यु

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुंगा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन्।
घानामा डुंगा दुर्घटना पाँचको मृत्यु

आकारा, चैत ५ : दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुंगा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुंगा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन्।

उहाँले डुंगामा क्षमता भन्दा बढी  सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताउनु भएको छ। आँधीले डुंगालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताउनु भएको छ।

उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए।

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, चैत ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्