Kathmandu Press

तापक्रम बढेसँगै अष्ट्रेलियाको बाका नदीका लाखौं माछा मरे

तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन्। 
तापक्रम बढेसँगै अष्ट्रेलियाको बाका नदीका लाखौं माछा मरे
Hardik ivf

सिड्नी, चैत ४ :  अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन्। तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन्। 

स्थानीय बासिन्दाका अनुसार यति धेरै माछा यसअघि मरेका थिएनन्। अति ताप लहरका कारण माछा मरेका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा नदीमा पानीभन्दा मरेका माछा देखिन्छन्। पानीको सतह देखिदैन आँखाले भ्याएसम्मको दृश्यमा मरेका माछा मात्र छन्।  

शुक्रबार बिहान स्थानीय बासिन्दाले लाखौँ मरेका माछा नदीमा देखेको बताएका छन्। तीन वर्षअघि पनि माछा मरेका थिए तर परिमाणात्मक रूपमा त्यो आजको जस्तो थिएन। मानव सिर्जित जलवायु परिवर्तनका कारण ताप लहर लगातार तीव्र  हुँदै गएकाले जलचर पनि त्यसको शिकार भएका उनीहरूको अनुमान छ।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, चैत ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्